काठमाडौं । राजधानीको टेकुमा पेट्रोल पम्पको टयांकीमा विष्फोट हुँदा दुई जना घाइते भएका छन् । इन्धन राख्ने ट्यांकीको ढक्कन खोल्ने क्रममा विष्फोट भएको हो।
विष्फोटमा परेर पर्साका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । पम्पको ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा खोल्दा विष्फोट भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई ट्रमा सेन्टर पठाइएको छ ।

































Discussion about this post