Nirvik Khabar

चितवन १ मा चार स्थानमा मतगणना, सुरक्षाका लागि सिसि क्यामेरा र तारजाली जडान

Advertisements
Single Page Long - 2

चितवन निर्वाचन क्षेत्र नम्बर १ को मतगणना खैरहनी ६ स्थित भुवानी शङ्कर क्याम्पसमा गरिने भएको छ । सबै सुरक्षाको दृष्टिले क्याम्पसलाई मतगणना स्थल तोकेर तयारी गरिएको   निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।  चितवन १ का निर्वाचन अधिकृत विकास कुमार रजकका अनुसार मतगणनाको लागि आवश्यक तयारी पूरा भएको छ ।  मतगणनाको सुरक्षाका लागि मत गन्ने ठाउँमा तारजाली लगाइएको छ भने सिसि क्यामेरा जडान गरिएको रजकले बताए ।

सम्भावित कुनै घटना हुन नदिन हामी सचेत छौं, निर्वाचन अधिकृत रजकले भने – मतगणनाको सुरक्षालाई मध्यनजर गर्दै मत गन्ने ठाउँलाई तारजालीले घेरिएको छ, सिसि क्यामेरा जोडेका छौं ।उनका अनुसार सुरक्षा व्यवस्थालाई पनि चुस्त पारेर गणना गर्ने तयारी छ ।   मतदान सकिएपछि मतपेटिका भण्डारणका लागि क्याम्पसको हलमा राख्ने ब्यवस्था मिलाइएको छ ।    निर्वाचन अधिकृत रजकका अनुसार मतगणना सुरु भए पछि बढीमा तीन दिन भित्र नतिजा सार्वजनिक गर्ने गरि ४ स्थानमा गणना स्थल बनाइएको छ । प्रत्यक्ष तर्फको गणना पछि समानुपातिक तर्फको मत गनिने उनले बताए ।

त्यस अघि मतदानको लागि तोकिएको सबै केन्द्रमा मतदान अधिकृत सहित कर्मचारी ,सुरक्षाकर्मी पुगिसकेका छन् । केही ठाउँमा मतदान स्थल समेत निर्माण गरिसकिएको निर्वाचन अधिकृत रजकले बताए ।   चितवन १ मा १६८ वटा मतदान केन्द्र छन् भने ५६ वटा मतदान स्थल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस