Nirvik Khabar

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

Advertisements
Single Page Long - 2

इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो एक घण्टामा इजरायली लडाकु विमानले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेका छन्।

‘अल जजिरा’ का अनुसार बेरुतको दक्षिणी उपनगर क्षेत्रमा इजरायलले नयाँ चरणका आक्रमणहरू सुरु गरेको हो । यसअघि सोही क्षेत्रका अन्य दुई स्थानमा पनि इजरायलले भीषण बमबारी गरेको थियो।

इजरायली सेनाले उक्त्त क्षेत्रका बासिन्दालाई तत्काल उक्त स्थान छाड्न ‘विस्थापन आदेश’ जारी गरेको छ। इजरायलले ती क्षेत्रहरूमा सशस्त्र समूह ‘हिजबुल्लाह’ का सैन्य ठेगाना रहेको दाबी गर्दै आएको छ।पछिल्लो समय इजरायली आक्रमणका कारण बेरुत र वरपरका क्षेत्रबाट हजारौँ मानिस विस्थापित भइसकेका छन्। आक्रमणबाट भएको मानवीय क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस