Nirvik Khabar

बेसिक वाइल्डलाइफ फोटोग्राफी तालिम सम्पन्न

दिगो पर्यटन परियोजना (एसटिपी)ले नेचर गाइड, संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई लक्षित गरी एकदिने ‘बेसिक वाइल्डलाइफ फोटोग्राफी’ तालिम सोमबार पटिहानीमा सम्पन्न गरेको छ । नेपाल टुरिजम बोर्ड (एनटिबी) र युएनडिपीको सहयोग तथा मेघौली घटगाई नेचर गाइड एसोसिएसनको समन्वयमा तालिम सम्पन्न भएको हो ।

५० जना सहभागी उक्त तालिममा ट्राभल तथा वाइल्डलाइफ फोटोग्राफर ओमप्रकाश यादवले प्रशिक्षण दिएका थिए । उक्त अवसरमा उनले फोटो खिच्दा निकै सतर्कता अपनाउनुपर्ने, वन्यजन्तुको आनीबानीसँगै भौगोलिक अवस्था थाहा हुनुपर्ने र कत्तिको दूरीबाट तस्बिर खिच्दा उनीहरुलाई डिस्टर्ब हुँदैन भनेर ज्ञान हुनुपर्ने बताए ।

फोटोग्राफी सजिलो काम होइन भन्दै उनले चराचुरूङ्गी र वन्यजन्तुलाई सहजै भेट्टाउन गाह्रो हुने हुँदा फोटो खिच्दा धेरै नै सावधानी अपनाउनुपर्ने बताए । हल्कामात्रै खस्याकखुसुक गरे सोचेअनुसारको फोटो खिच्न नसकिने भन्दै उनले भने, ‘फोटो हेर्न मज्जा आउने भए पनि खिच्न धेरै गाह्रो छ ।’

‘हामीले फोटो खिचेको उनीहरुले थाहा पाउन हुँदैन, नत्र सोचेजस्तो फोटो खिच्न नै सकिँदैन’, यादवले भने, ‘धेरै धैर्यता चाहिन्छ, आफूले चाहेका चरा होस् या वन्यजन्तुका लागि घन्टौँ कुर्नुपर्छ । एउटा फोटोका लागि सयवटा फोटो खिच्नुपर्छ ।’ उनले एउटा फोटाका निम्ति ६–७ घन्टा कुरेर बस्नु सामान्य भएको बताए ।

उक्त अवसरमा प्रशिक्षार्थीलाई फोटो खिच्ने कलाबारे सिकाइएको थियो । फोटो खिच्ने कला, लाइट व्यवस्थापन, फोटो छनोटबारे सिकाइएको थियो । उक्त अवसरमा मेघौली घटगाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बू, फोटोग्राफर दीपक राजवंशी, कल्याण शर्मालगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस