Nirvik Khabar

अष्ट्रेलियाको बोन्डी तटमा गोली चल्दा दश जनाको मृत्यु, दर्जन बढी घाइते

Advertisements
Single Page Long - 2

काठमाडौं । आइतबार सिड्नीको बोन्डी समुद्र तटमा बन्दुकधारीहरूले गोली चलाउँदा दश जनाको मृत्यु भएको छ भने करिब एक दर्जन घाइते भएको अष्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । गोलीबारीपछि करिब एक दर्जन व्यक्तिलाई स्थानीय अस्पतालमा लगिएको न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले बताएका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई ‘स्तब्ध पार्ने र पीडादायी’ भनेका छन् । ‘आपतकालीन उद्धारकर्ताहरू जमिनमा छन् र जीवन बचाउन काम गरिरहेका छन् ।’ उनले भने । ‘मैले जमिनमा कम्तिमा १० जना मानिस र जताततै रगत लतपतिएको देखेँ,’ गोलीकाण्डका प्रत्यक्षदर्शी ३० वर्षीय स्थानीय ह्यारी विल्सनले उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले उल्लेख गरेको छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस