भरतपुरको पारस बसपार्कस्थित अपोलो डेन्टल क्लिनिकले दन्त उपचारमा नवीनतम प्रविधि उपयोग गर्दै ‘सिग्मा एलाइनर्स’ सेवा औपचारिक रूपमा सुरु गरेको छ। बाँका–टेढा, नमिलेका दाँत तथा दाँतबीचका खाली ठाउँ सुधार गर्न प्रयोग हुने यो पारदर्शी एलाइनर २ दिनभित्रै तयार हुने क्लिनिकले जनाएको छ, जसले उपचार प्रक्रियालाई झनै सहज र द्रुत बनाउने अपेक्षा गरिएको छ।
क्लिनिकका विशेषज्ञ तथा सह–प्रा. डा. बासुराज पाण्डेका अनुसार सिग्मा एलाइनर्स उन्नत डिजिटल 3D स्क्यानिङ प्रविधिमार्फत कस्टम–मेड तरिकाले तयार गरिन्छ। पारम्परिक धातुका ब्रेसेसको तुलनामा एलाइनर आरामदायी, कम देखिने तथा दैनिक जीवनमा कम असहज हुने भएकाले पछिल्ला वर्षहरूमा यसको माग उल्लेख्य रूपमा बढ्दै गएको बताइयो। डा. पाण्डे भन्छन्, “यो प्रविधि चितवनमै पहिलोपटक अपोलो डेन्टल क्लिनिकले सञ्चालनमा ल्याएको हो। पहिले यहाँबाट स्क्यान गरेर बाहिर पठाउनुपर्ने थियो, तर अब हामीले यहीँ क्लिनिकमै एलाइनर तयार गर्न थालेका छौँ।”
उहाँका अनुसार, सिग्मा एलाइनर्सले उपचार अवधि छोट्याउने, मुख स्वच्छता सहज बनाउने, सौन्दर्य पक्षलाई प्राथमिकता दिने जस्ता कारणले बिरामीको रुचि बढिरहेको छ। क्लिनिकले विशेषज्ञ दन्त चिकित्सक, अत्याधुनिक एलाइनर फेब्रिकेसन ल्याब, सुरक्षित तथा स्वच्छ वातावरणसहित आधुनिक दन्त उपचार सेवा उपलब्ध गराइरहेको जनाएको छ। एलाइनर सेवा सुरु भएपछि भरतपुर तथा आसपासका बिरामीलाई गुणस्तरीय, द्रुत र अत्याधुनिक दन्त उपचार एउटै ठाउँमै प्राप्त हुने क्लिनिकले विश्वास व्यक्त गरेको छ।































Discussion about this post