Nirvik Khabar

भरतपुर लंकुका महेश कंडेल तीनदिनदेखि सम्पर्क बिहीन

Advertisements
Single Page Long - 2

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–४ धारापानीचोक लंकुका ३० वर्षीय महेश कँडेल तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
उनी जेठ १६ गते बिहानै मोबाइल नबोकी घरबाट निस्किएको र हालसम्म सम्पर्कमा नआएको उनका बुबा दयाराम कँडेलले बताए । उनका अनुसार महेशको सामाजिक सञ्जालदेखि प्रहरीसम्म खोजी कार्य भइरहे पनि कुनै जानकारी नआएको बताए ।

मानसिक रोगको औषधि सेवन गर्दै आएका महेशले विगत एक महिनाअघिदेखि औषधि खान छोडेका थिए । जेठ १५ गते रातिसम्म सामान्य रहेको र परिवारसँगै रहेकोमा बिहान एक्कासि सम्पर्कविहीन भएका थिए ।
महेशलाई देख्ने÷भेट्ने महानुभावले नजिकको प्रहरी कार्यालय वा उनका बुबाको मोबाइल नम्बर ९८४५५१७२४८ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस