Nirvik Khabar

चितवनभरका चिकित्सकद्वारा भरतपुर अस्पतालमा धर्ना

Advertisements
Single Page Long - 2

चितवन-उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आइतबार आज धर्ना दिइएको छ । देशका विभिन्न अस्पतालमा चिकित्सकले धर्ना दिएर आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

चितवनका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु भरतपुर अस्पतालमा जम्मा भएर एक घण्टा धर्ना दिएका छन् । संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम रहेको थियो ।

भरतपुर अस्पतालमा आयोजित धर्ना कार्यक्रममा नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. उमेश नेपाल, भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष डा. भोजराज अधिकारी, संघका बरिष्ठ उपाध्यक्ष तथा भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. दिपेन्द्र न्यौपाने , निजी अस्पताल समन्वय समिति (अफिन) चितवनका अध्यक्ष बिक्रम अधिकारी, नेपाल नर्सिङ्ग संघका केन्द्रीय उपाध्यक्ष बबिता घिमिरे लगायतले बोल्नु भएको थियो । उहाँहरुले माग पूरा नहुञ्जले आन्लोलन जारी रहने भन्दै चिकित्सकीय सेवालाई उपभोक्ता अदालत लैजान नहुने बताउनुभयो ।

संघका सचिव डा. महेन्द्र अग्रहरीले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत निजी र सरकारी अस्पतालका चिकित्सक सहभागी हुनुहुन्थ्यो ।

असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४ मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउनेलगायतका विरोधका कार्यक्रम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस