Nirvik Khabar

चितवनमा सम्पन्न भयो बागमती प्रदेशस्तरीय खो-खो प्रशिक्षक तालिम १३ जिल्लाका प्रतिनिधिको सहभागिता,

चितवन, असार १७ –
वाग्मती प्रदेश खेलकुद परिषद्को सहयोगमा चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय खो-खो खेल क्षमतावृद्धि तथा प्रशिक्षक तालिम चितवनमा सम्पन्न भएको छ। असार १३ गतेदेखि सुरु भएको तालिम १७ गतेसम्म सञ्चालन गरिएको थियो, जसमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक/एक जना प्रतिनिधिको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन तथा समापन समारोहको अध्यक्षता चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन शैलेश थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिका सदस्य पुर्ण महतो निशानले दिनुभएको थियो। स्वागत मन्तव्यका क्रममा महतोले भन्नुभयो, “खेलकुद राष्ट्र निर्माणको एक महत्वपूर्ण आधार हो। यसले युवामा अनुशासन, सहकार्य, नेतृत्व र आत्मविश्वासको भावना विकास गराउँछ। विशेषतः खो-खो जस्तो मौलिक र सक्रिय खेलको प्रवर्द्धन आजको आवश्यकता हो।”

कार्यक्रममा प्रमुख अतिथि नारायण अधिकारीले खेलमार्फत देश चिनिने र युवालाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउन सकिने बताउँदै खेलकुदलाई आफूले प्राथमिकतामा राखेको जनाउनु भयो। साथै, उनले खेलकुदप्रतिको सरकार तथा स्थानीय तहको ध्यान केन्द्रित गरिनुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष राजन कार्कीले चितवनमा आगामी दिनमा पनि विभिन्न खेलकुद गतिविधिहरू आयोजना गरिरहने जानकारी दिँदै दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लालाई चिनाउने वातावरण निर्माण गरिने उल्लेख गर्नुभयो।

तालिमले सहभागी प्रशिक्षार्थीहरूलाई आधुनिक खेल विधि, रणनीति, प्रशिक्षण प्रविधि र नेतृत्व क्षमता विकासमा सहयोग पुर्‍याउने विश्वास आयोजकले लिएका छन्। तालिमको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण सहयोगी संस्थाहरू, प्रशिक्षकहरू र खेलप्रेमीहरूलाई आयोजक समितिले विशेष धन्यवाद ज्ञापन गरेको छ।—-

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस