बागलुङको जैमिनी नगरपालिकाले आगमी आर्थिक बर्ष २०८२/०८३कोलागि ७५ करोड ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बजेट प्रस्तुत गर्दै आयोजना तथा कार्यक्रमहरु अन्तरगत४६ करोड २५ लाख ३० हजार रुपैयाँ बिनियोजन गरिएको बताए ।
संघीय सरकारबाट प्राप्त विभिन्न विषयगत क्षेत्रहरुको शसर्त अनुदान अन्तरगत ४३ करोड ४१ लाख, समपुरक कोष अन्तरगत १७ करोड, ४३ लाख, सरकारी तथा गैरसरकारी संस्था साझेदारीकोलागि ७० लाख रुपैयाँ बिनियोजन गरिएको छ । नगरपालिकाको विभिन्न संरचना तथा जग्गा व्यवस्थापन कार्यकोलागि ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
पालिकाले चालु तर्फ ११ करोड ९५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।आर्थिक विकाश तर्फ १ करोड ४५ लाख ६२ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।आर्थिक विकास अन्तरगत सहकारी लेखा प्रणाली तथा व्यवस्थापन तालिम र दिवस सञ्चालन ३० लाख, लघु उद्यम असल अभ्यास अवलोकन भ्रमण कार्यक्रमकोलागि १ लाख, भगत सर्वजित प्रबिधि उपकरण वितरण अन्तरगत २ लाख, लेभलिङ प्याकेजिङ व्यवस्थापन १ लाख ५० हजार बिनियोजन गरिएको छ ।सामाजिक विकास तर्फ ५ करोड ४२ लाख १८ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जस अन्तरगत बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रमकोलागि १ करोड ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
वडा न. ३मा स्वास्थ्य चौकी भवन सहित पूर्वाधार निर्माणकोलाग ४० लाख र लिड विद्यालय सञ्चालन तथा व्यवस्थापनकोलागि १० लाख रुपैयाँ बिनियोजन गरिएकोछ ।पूर्वाधार तर्फ ८ करोड ८२ लाख ४० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।त्यस अन्तरगत नगरपालिकाको प्रशासकीय भवन निर्माणकोलागि १ करोड ६० लाख, नगरपालिकाको निर्माणाधीन भवन परिसरको जग्गा संरक्षण तथा व्यवस्थापनकोलागि ६० लाख, कुश्मीसेरा सर्कुवा बिहारथला वडा न. ८ कार्यालय सडककोलाग ९७ लाख, नगरस्तरका मुख्य सडक मर्मतकोलाग १५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
वन तथा वातावरण तथा विपद व्यवस्थापनकोलागि ६२ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।जस अन्तरगत विपद व्यवस्थापन कोषकोलागि ३० लाख, फोहोर मैला व्यवस्थापनकालागि बाँसजन्य सामाग्री उत्पादनकोलागि ५ लाख, फोहोर मैला व्यवस्थापन कुश्मीसेरा बजार ३ लाख ५० हजार, खानेपानी मुहान, कुवा, चौपारी, सार्वजनिक पोखरी निर्माण संरक्षण कार्यक्रमकोलागि ५ लाख ३८ हजार रुपैयाँ बिनियोजन गरिएको छ । हेलिप्याड निर्माणकोलागि ५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । सुशासन तथा संस्थागत विकास अन्तरगत ३९ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस अन्तरगत विद्युतीय हाँजिरी खरिद तथा व्यवस्थापनकालागि २ लाख, बायोमेट्रिक सहजिकरणकोलागि १ लाख ५० हजार, सफ्टवेर/कम्प्युटर/ल्यापटप खरिद तथा व्यवस्थापनकोलागि ५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
Discussion about this post