Nirvik Khabar

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किदा दुई जना घाइते

Advertisements
Single Page Long - 2

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किदा दुई जना घाइते भएका छन्।  पूर्व–पश्चिम राजमार्गस्थित टिकौली जंगलमा भरतपुरतर्फ आइरहेको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक ठोक्किएका थिए।

दुर्घटनामा ट्रकका सहचालक राप्ती–२ बस्ने २४ वर्षीय प्रविन प्रजा र ग्याँस बुलेटका चालक भारतको बिहार राज्य गोपालगंज बस्ने अन्दाजी ४५/५० वर्षका जगदेव यादव घाइते भएका छन्। प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले ट्रक सहचालकले चलाएको पाइएको जानकारी दिए।

दुबै सवारी साधन र ट्रक चालक बाराको कलैया–१७ बस्ने ३१ वर्षीय सुवोधप्रसाद यादव नियन्त्रणमा रहेको खनालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस