Skip to main content

Nirvik Khabar

गैँडाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोडको बजेट

Advertisements
Single Page Long - 2

गैँडाकोट- पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख शान्ति कोइरालाले नगर सभामा प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६३ करोड ३१ लाख ४६ हजार अर्थात् ५८।२३ प्रतिशत र पुँजीगततर्फ ४५ करोड ४० लाख ९८ हजार अर्थात् ४१।७७ प्रतिशत छुट्टाइएको छ ।

नगरपालिकाले सञ्चित कोष तथा अन्य कोषहरूबाट ५ करोड ५० लाख, आन्तरिक राजश्व २७ करोड ८६ लाख १० हजार, संघीय सरकार तथा गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँटबाट १६ करोड ६१ लाख ७१ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा अन्तर सरकारी अख्तियारीबाट ५८ करोड ७४ लाख ६३ हजार रकमको अनुमान पेश गरेको छ ।पालिकाले वडा नं. ३, १४ र १८ लाई ८० लाख र अन्य सबै वडाका लागि ७० लाख रकम विनियोजन गरेको छ । नगरभित्रका गौरवका आयोजनाका लागि १२ करोड ५ लाख, कृषिका लागि १ करोड १० लाख विनियोजन गरेको पालिकाले आगामी आर्थिक वर्षमा गैँडाकोटमा बसपार्क बनाउने योजना सार्वजनिक गरेको छ ।

वडा नं. १, २,१३ र १६ का वडा कार्यालय भवनलाई आगामी वर्ष भित्र नयाँ बनाइसक्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाले सेवा छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बजेट निर्माण गरेको जनाएको छ। यसपटकको बजेटमा नागरिकका लागि स्वास्थ्य र गुणस्तरीय शिक्षा, विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस