भरतपुर – चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने कसरा चेकपोस्टमा रहेको सार्वजनिक शौचालयको व्यवस्थित प्रयोग नगर्दा दुर्गन्धित बनेको छ । आकस्मिक रूपमा प्रयोग गर्न सञ्चालन गरिएको शौचालयमा यात्रुको चाप बढेसंगै ब्यवस्थापन गर्न कठिन भएको छ ।
दिनहुँजसो भरतपुर बाट माडी ठोरी जाने तथा ठोरि बाट माडी हुँदै आउने सवारी साधनहरू चेकपोस्टमा रोकिदा यात्रुले शौचालयको प्रयोग गर्न कठिन हुन थालेको छ ।

भरतपुर बाट माडी जाँदै गरेका एक यात्रुका अनुसार यसठाउमा शौचालय प्रयोग गर्न कठिन हुनेगरेको बताए । उनले भने “शौचालय जान सकिने अवस्था छैन फोहोर र दुर्गन्धित रहेको छ । सर्वसाधारण यात्रुले पनि शौचालयको प्रयोग गर्न नजान्दा यस्तो अबस्था आएको हो “।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुुसार सवारी चाप बढ्दा शौचालयको प्रयोग धेरै हुने गरेको छ। उनका अनुसार आकस्मिक प्रयोगका लागि निर्माण गरिएको शौचालय अहिले सार्वजनिक जस्तै बनेको बताए । उनले भने ” दिनहुँजसो सवारी चाप बढ्दो छ , यात्रुहरूलाई सवारीचालकले दिसापिसाबका लागि त्यहि रोकिदिन्छन ,त्यहि चेकपोस्ट पनि छ । हरेक दिन सफा गरेपनि ब्यवस्थापन गर्न कठिन भएको छ”।
उनका अनुसार चेकपोस्टमा रहेको शौचालयलाई स्थानान्तरण गर्न पहल सुरू भएको र त्यसका लागि भरतपुर २३ का वडा अध्यक्ष संग समन्वय भईरहेको र भरतपुर २३ मा रहेको घैलाघारी क्षेत्रमा राख्ने तयारी थालिएको छ ।

































Discussion about this post