Nirvik Khabar

सर्वोच्चको फैसलालगत्तै बानेश्वरबाट पक्राउ परे पूर्वडिआइजी रञ्जन कोइराला

काठमाडौँ- सर्वोच्च अदालतले फैसला उल्टाएलगत्तै पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।विहीबार मात्रै सर्वोच्च अदालतले कोइरालाको जन्मकैदको सजाय नघटाउने फैसला गरेको थियो । लगत्तै उनी आज काठमाडौंको बानेश्वरबाट पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए । उनका अनुसार केहीबेर अघि कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्था समातिएका हुन् ।

सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस