पुस १,चितवन
चितवन हिमाल डेण्टल प्रालि २२ औं वर्षमा प्रवेश गरेको छ। चितवनको सहिद चोक र भरतपुरको सिएमसी हस्पिटल अगाडि रहेको हिमाल डेण्टलले आज पत्रकार सम्मेल मार्फत पुस १ गतेदेखि १५ गतेसम्म दन्त शिविर राखिएको जानकारी दिएको छ।
शिविरमा दाँत,मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचारमा ३० प्रतिशत छुट समेत दिइएको हिमाल डेण्टल प्रालिकी सञ्चालिका रञ्जिता जोशीले बताउनु भयो।शिविरको अवसरमा निःशुल्क दन्त परीक्षण तथा परामर्श, दाँत सफा गर्ने तथा टल्काउने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँतमा सिसा,सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्ने अथवा झिक्नै नपर्ने गरी राख्ने, दुखेको दाँतको जराबाट उपचार आदि गरिने सञ्चालिका जोशीले बताउनु भयो।
२१ वर्षदेखि निरन्तररुपमा सेवा दिइरहेको चितवन हिमाल डेण्टल प्रालिले यस वर्षदेखि आफ्नो सेवालाई थप सहज बनाउने तथा गरिब तथा उपचारको पहुँच नभएकालाई सहयोग गर्ने कुरा पनि बताएको छ।


































Discussion about this post