Nirvik Khabar

चित्तौन कचेहरीको दोस्रो शृङखला यहि मंसिर २८ र २९ गते हुने

Advertisements
Single Page Long - 2

चितवन – चित्तौन कचेहरीको दोस्रो शृङखला यहि मंसिर २८ र २९ गते हुने भएको छ । गत वर्षदेखि शुरु भएको चित्तौन कचेहरीको दोस्रो शृङखला नारायणगढको नारायणी कला मन्दिरमा हुने भएको हो ।

आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रममा नेपाल भारत र पाकिस्तान गरी ५० जना वक्ताहरु उपस्थित रहने जनाईएको छ । पाकिस्तानी लेखक, वैज्ञानिक, अभियन्ता तथा वौद्धिक अगुवा डा. परवेज हुडबोयले विद्वत प्रवचन दिने चित्तौन कचेहेरीकी निर्देशक सरिता तिवारीले जनाकारी दिइन् ।

उक्त कार्यक्रम बेटर चितवनको आयोजनामा र डबली द स्पेस, मन्धन चितवन, नारायणी कला मन्दिर र न्यु लाइफ मिसनको संयूक्त सह–आयोजना हुने भएको हो । बेटर चितवनका संस्थापक सागर कार्की कार्यक्रमको संयोजक रहेका छन् भने लेखक सरिता तिवारी उत्सव निर्देशक र जीवन क्षेत्री सह -निर्देशक रहेका छन् ।दुई दिन हुने कार्यक्रममा विभिन्न विषय समेटेर बहस हुने छ । दुवै दिन ६ / ६ वटा सत्र सञ्चालन हुने कार्यक्रम संयोजक सागर कार्कीले जनाकारी दिए ।

कार्यक्रमलाई समावेशी बनाउन हामीले भौगोलिक समावेशीकरणदेखि लैंगिक समावेशितासम्मका प्रयत्न गर्ने हाम्रा सत्रहरूमा सातै प्रदेशका विभिन्न क्षेत्रका अनुभव ग्रहण गरेका, अनुसन्धानकर्मी, राजनीतिज्ञ र लेखक र कविहरूको अत्यन्तै अर्थपूर्ण सहभागिता रहने छ ।

साथै उत्सवभर उठ्ने धेरै किसिमका सवालहरुको जवाफ माग्न र पदीय जवाफदेही माग गर्न नयाँ युगको राजनीतिसम्बन्धी सत्रमा चार प्रमुख राजनीतिक दलका नेताहरु सम्मिलित एउटा सत्र समेत समेटेको कार्यक्रम संयोजक सागर कार्कीले जनाकारी दिए ।

०८० सालमा भएको उत्सवको पहिलो संस्करणमा चितवनको बस्ती विकास तथा देशैभरको विकासमा किनारा लगाइ‌एका आदिवासीका मुद्दा प्रमुख रुपमा उठाइएको थियो भने यस पटक दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, घृणा, ध्रुवीकरण र हिंसामाथि मुल रुपमा चर्चा हुनेछ ।

चितवनमा दुई दिन उत्सवका मुल कार्यक्रम भए पनि काठमाडौंमा विभिन्न प्राज्ञिक कार्यक्रमहरुसहित यही मंसिर २५ देखि शुरु भएर एक सातासम्म यो उत्सवको दोस्रो संस्करणका विभिन्न कार्यक्रमहरु चल्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस