Nirvik Khabar

एनपीएलमा कर्णालीलाई पहिलो सफलता, चितवन पराजित

Advertisements
Single Page Long - 2

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा कर्णाली याक्सले पहिलो सफलता हासिल गरेको छ । लिगको दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । जितका लागि १३१ रनको सामान्य चुनौती पछ्याएको कर्णालीले १९.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा जित हासिल गरेको हो ।

कर्णालीका लागि पहिलो विकेटका लागि शिखर धवनसँग ५३ रनको साझेदारी गर्ने क्रममा देव खनालले २५, दोस्रो विकेटका ५१ रनको साझेदारी गर्ने क्रममा चाडविक वाल्टनले १९ बलमा ३० तथा शिखरले ४१ बलमा ४५ रन बनाए ।

यसअघि त्रिवि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनायो ।चितवनका लागि इङ्गल्याण्डका रवि बोपाराले ४० बलमा अविजित रहँदै रन तथा कुशल मल्लले २३ रन जोडे । त्यस बाहेक कुनै पनि ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् ।

कर्णालीका लागि बिपिन शर्माले २१ रन खर्चेर ३ तथा जीशन मक्सुदले २२ रन खर्चेर २ विकेट लिए ।यसअघिका दुवै खेल हारेको कर्णालीको यो पहिलो जित हो भने यसअघिका दुवै खेल जितेको चितवनको पहिलो हार हो ।तीन खेलबाट ६ अंकसहित जनकपुर बोल्टस् शीर्ष स्थानमा रहेको छ । ४ अंकबाट सुदूरपश्चिम रोयल्स दोस्रो, ४ अंकबाटै चितवन तेस्रो तथा कर्णाली २ अंकबाट चौथो स्थानमा पुगेको छ ।

यसअघिका खेल

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस