चितवन- चितवनको भरतपुर महानगरपालिका–१० अरोमा कलेजमा पढ्दै आएका समीप पौडेल बेपत्ता भएका छ्न् । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका–४ हरैया स्थायी घर भएका पौडेल जेठ ९ गतेबाट बेपत्ता भएका हुन् । उनी बुटवलबाट चितवनमा कक्षा १२ को परिक्षा दिन हिँडेका थिए । त्यसपछि सम्पर्कमा नआएको उनका परिवारले जनाएका छन् ।
चितवन आउने भनेपनि उनले काठमाडौँ जाने टिकेट लिएको बुझिएको छ । गहुँगोरो वर्णका १८ वर्षीय पौडेलले चस्मा लगाएका छन् । उनलाई कतै कसैले भेटेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा अथवा ९८४५५४९४७१, ९८४५१५६४१२, ९८५१२२४७७३ र ९८४५०८९५४६ मा सम्पर्क गरिदिन उनका परिवारले अनुरोध गरेका छन् ।
Discussion about this post