काठमाडौँ । २० औँ सिनियर एसियाली कराते च्याम्पियनशिपमा ऐतिहासिक रजत पदक जितेर एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।एरिका एसियाली सिनियर करातेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
फाइनलमा भियतनामकी खेलाडीसँग पराजित बनेकी एरिकाले रजत पदक जितेकी हुन् ।एरिका भियतनामकी नाओन थी न्येनसँग ६–० ले पराजित भएकी हुन् । एरिकाले चीनमा सम्पन्न भएको १९ औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
Discussion about this post