Nirvik Khabar

भरतपुर अस्पतालमा जलन सम्बन्धि तालिम सम्पन्न

चितवन – भरतपुर अस्पतालमा  जलन (Burn) सम्बन्धि तालिम सम्पन्न भएको छ। तालिममा किर्तिपुर बर्न अस्पतालका जलन विशेषज्ञ प्रोफेसर डा. शंकर मान राईले बिस्वभरका जलन सम्बन्धि नयाँ खोज अनुसन्धान, नेपालमा जलन उपचारको अवस्था, सरकार र नीति निर्माण तहमा गर्नुपर्ने कार्यहरू, स्वास्थ्यकर्मी र संस्थाहरूले गर्नुपर्ने कामका बिषयमा प्रशिक्षण प्रदान गरे।

डा. राईले नेपालमा वार्षिक ५६ हजार जलन पीडित बिरामी र २१०० व्यक्तिको मृत्यु हुने तथ्यांक प्रस्तुत गर्दै, प्रारम्भिक २ घन्टा भित्र उचित उपचार र सुविधा सम्पन्न अस्पतालमा औषधि उपचार गराउँदा मृत्युदर घटाउन सकिने बताएका छन्। यसका लागि देशभर प्राथमिक जलन उपचार केन्द्र, क्षेत्रीय जलन उपचार अस्पताल र केन्द्रीय सुपर स्पेस्लिस्ट अस्पतालको विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

किर्तिपुर अस्पतालले यस्ता योजनाहरूलाई लागू गर्न सरकारी र जनस्तरबाट पहल गरिरहेको छ र निम्न वर्गका व्यक्तिहरूका लागि “जलन उपचार स्थायी कोष” (Burn Fund) स्थापना गरेको जनाए । यस कोषको  ब्याजबाट सहयोग प्रदान गर्ने अभियान चलाइरहेको छ। त्यस्तै  उक्त कोषमा  रोटरी   क्लब चितवनका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी रो. महेन्द्र्लाल प्रधानले रु. ५ लाखको सहयोग प्रदान गर्नुभएक‍ो थियो । उहालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेल, रोटरी क्लब चितवनका अध्यक्ष रो. भानु शर्मा लगायत अस्पतालका डाक्टर र नर्सहरूले उपस्थिति जनाएका थिए।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस