Nirvik Khabar

आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार : डा शशाङ्क कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन्  । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे ।नेता कोइरालाले भने, “अब सभापतिको उम्मेदवार म हुँ, सोच्ने कुरै छैन, महाधिवेशन समयमा नै हुनुपर्छ”, उनले थपे, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।” नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस