Nirvik Khabar

अमेरिकामा नेपाली छात्राको हत्या, कोठाभित्रै गोली प्रहार

Advertisements
Single Page Long - 2

काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्लेको हत्या प्रकरण सेलाउन नपाउँदै अर्की चेली पनि मारिएकी छिन् । भर्जिनियामा ममताको हत्या भएको केही सातापछि टेक्सस राज्यको ह्युस्टनमा मुना पाण्डेको हत्या भएको हो ।

भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको त्यहाँको प्रहरीले जनाएको छ । घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुगेको थियो । त्यतिबेला मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिइन् ।

उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।

हालसम्म हत्यारा पत्ता लागेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाण्डेकी आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस