चितवन । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । फोटोग्राफीको काम गर्ने माडी-१, भंगता गाउँ निवासी बर्ष २२ का विकास परियार एन्जल डिलक्स बससंगै त्रिशूली नदीमा बेपत्ता रहेको उनका सहोदर दाजु विजय परियारले जानकारी दिनुभयो ।
उनी असार २८ गते काठमाडौंमा एक विवाह समारोहको फोटो खिँच्न असार २७ गते राती करीब ११ बजे भरतपुर विशालचोकबाट बागमती प्रदेश १५१६ नम्बरको सो बस चढेका थिए । उनको साथमा भरतपुर सारदानगर निवासी बर्ष २५ का फोटोग्राफर सुदीप बि.क. समेत बस चढेकोमा उनी समेत बेपत्ता रहेका छन् ।
पहिरो र बाढीमा परी बेपत्ता विकास विश्वकर्माले बरुवास्थित सोमेश्वर मा.वि.बाट कक्षा १२ उत्तीर्ण गरेका थिए । हालै विवाहित भएका उनको परिवार माडी १ भंगेता गाउँमा बस्दै आएको छ । हराइरहेको बस र यात्रीहरूको हाल खोजी कार्य चलिरहेको छ ।
Discussion about this post