Skip to main content

Nirvik Khabar

मेसिनबाट धान रोप्न चितवन आउँदै प्रधानमन्त्री

Advertisements
Single Page Long - 2

चितवन । आधुनिक प्रविधिबाट धान खेती गर्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भोलि चितवनमा राष्ट्रिय धान दिवस कार्यक्रम हुने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै उपस्थित भएर मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

सरकारले हरेक वर्ष असार १५ मा मनाउने राष्ट्रिय धान दिवस यसवर्ष चितवनमा मेसिनबाट एक हेक्टर जमिनमा खेत रोपेर मनाउन लागिएको हो ।‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ चितवनको बछौलीमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा राष्ट्रिय धान दिवस मनाउन लागेको जनाकारी दिइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेर धान दिवस मनाइने जनाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मेशिनबाट धान रोप्ने कार्यक्रम समेत रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा एक हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपिने छ ।

कृषि विभागका महानिर्देशक तथा मूल आयोजना समितिका संयोजक डा।नरहरी प्रसाद घिमिरे चितवन धान खेतीको जोन क्षेत्र भएकाले यसपटक चितवनमा धान दिवसको आयोजना गरिएको बताए ।

उनले जलवायू परिर्वतन अनुकुल कृषि प्रविधिलाई कृषकसम्म प्रचार प्रसार गर्न चितवनमा धान रोपाइँको आयोजना गर्न लागिएको बताए ।जलवायू परिवर्तनका कारण धान खेतीमा असर पुग्दै गएको छ । जलवायूमैत्री तथा जलवायू परिवर्तनसँग जुध्न सक्ने प्रविधिहरुको विकासका लागि नेपालमा सुख्खा र डुबान सहने ६ वटा धानका जात विकास गरिएको उनले बताए ।

चितवन धान खेतीको लागि अग्रणी जिल्ला हो । सरकारले चितवनलाई आर्थिक वर्ष २०७६÷०७७ देखि धान जोनको स्थापना गरेको थियो । त्यसपछि यहाँ धानको उत्पादकत्व समेत बृद्धि हुँदे गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन एकाइ चितवनका प्रमुख रेग्मीले जानकारी दिए ।

‘हामीले जोन कार्यक्रम लागु गर्ने समयमा प्रतिहेक्टर ४ दशमलव २२ मेट्रिकटन धान उत्पादन हुँदै आएको थियो । अहिले कार्यालयको सर्वेक्षण गर्दा चैते धान प्रतिहेक्टर ६ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ’, उनले भने ।

बढ्दो सिँचित क्षेत्रफल, आधुनिक प्रविधिहरुको उपयोग, उन्नत जातहरुको प्रयोग एवं रोग किराको प्रकोपमा कमी आएका कारण धान उत्पादनमा बृद्धि भएको उनले बताए । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस