Nirvik Khabar

गैँडाकोटमा काँग्रेसका मेयर उपमेयर विजयी

गैँडाकोट – गैँडाकोटमा नगरप्रमुख पद र उपप्रमुख पद सहित ११ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी २८४९ मत अन्तरले विजयी हुनुभएको छ । अधिकारीले १६ हजार ४ सय ५५ मत प्राप्त गर्नुभयो भने एमालेका नगरप्रमुख पदका उम्मेद्वार छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुख पदमा नेपाली काँग्रेसकी शान्ति कोइराला विजयी हुनुभएको छ । कोइराला ७ हजार ४ सय ७४ मत अन्तरले विजयी हुनुभएको छ । कोइरालाले १६ हजार १ सय १४ मत प्राप्त गर्नुभयो भने । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गठबन्धनका उम्मेद्वार तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत प्राप्त गर्नुभयो ।

गैँडाकोट १ मा नेपाली काँग्रेसका सुरेन्द्र रेग्मी, गैँडाकोट २ मा नेपाली काँग्रेसका प्रकाश सापकोटा, गैँडाकोट ३ मा नेपाली काँग्रेसका शिवकान्त तिवारी, गैँडाकोट ४ मा नेपाली काँग्रेसका तेजप्रसाद घिमिरे, गैँडाकोट ५ मा नेपाली काँग्रेसका रत्नप्रसाद सापकोटा, गैँडाकोट ६ मा नेकपा एमालेका सुभाष चापागाईं, गैँडाकोट ७ मा नेपाली काँग्रेसका होमनाथ सापकोटा, गैँडाकोट ८ मा नेपाली काँग्रेसका प्रेम सापकोटा, गैँडाकोट ९ मा नेपाली काँग्रेसका धामनाथ सापकोटा, गैँडाकोट १० मा नेकपा एमालेका देवीदत्त कंडेल, गैँडाकोट ११ मा नेकपा एमालेका गोविन्द सुवेदी, गैँडाकोट १२ मा नेकपा एमालेका चक्र कंडेल, गैँडाकोट १३ मा नेकपा एमालेका मधुकर मल्ल, गैँडाकोट १४ मा नेकपा एमालेका कोकीसरा रानामगर, गैँडकोट १५ मा नेपाली काँग्रेसका प्रेम तिमिल्सेना, गैँडाकोट १६ मा नेपाली काँग्रेसका विनोद मल्ल, गैँडाकोट १७ मा नेकपा माओवादी केन्द्रका गोपि कंडेल, गैँडाकोट १८ मा नेपाली काँग्रेसका तिलबहादुर चितौरे वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

यस अघि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेका वडा मध्ये  गैँडाकोट ६ र १२ नेकपा एमालेले जितेको छ । यस अघि नेकपा एमालेले जितेका वडा मध्ये गैँडाकोट २, ५ र ९ नेपाली काँग्रेसले जितेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा  नेपाली काँग्रेसले जितेको गैँडाकोट १७ यस पटक नेकपा माओवादी केन्द्रले जित्न सफल भएको छ ।

गैंडाकोट नगरपालिकाको अन्तिम नतिजा

  • नगरप्रमुख – मदनभक्त अधिकारी, नेपाली कांग्रेस (विजयी)
  • प्राप्त मत १६४५५ नगर उपप्रमुख – शान्ति कोईराला, नेपाली कांग्रेस (विजयी)
  • प्राप्त मत १३६०६ १८ वटै वडाका निर्वाचित अध्यक्षहरू
  • वडा नम्बर १ – सुरेन्द्र रेग्मी, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर २ – प्रकाश सापकोटा, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर ३ – शिवकान्त तिवारी, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर ४ – तेजप्रसाद घिमिरे, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर ५ – रत्नप्रसाद सापकोटा, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर ६ – सुभास चापागाईं, नेकपा एमाले (विजयी)
  • वडा नम्बर ७ – होमनाथ सापकोटा, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर ८ – प्रेम सापकोटा, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर ९ – धामनाथ सापकोटा, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर १० – देवीदत्त कँडेल, नेकपा एमाले (विजयी)
  • वडा नम्बर ११ – गोविन्द सुवेदी, नेकपा एमाले (विजयी)
  • वडा नम्बर १२ – चक्र कँडेल, नेकपा एमाले (विजयी)
  • वडा नम्बर १३ – मधुकर मल्ल, नेकपा एमाले (विजयी)
  • वडा नम्बर १४ – कोकिसरा राना मगर, नेकपा एमाले (विजयी)
  • वडा नम्बर १५ – प्रेम तिमल्सिना, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर १६ – विनोद मल्ल, नेपाली कांग्रेस (विजयी)
  • वडा नम्बर १७ – गोपी कँडेल, माओवादी केन्द्र (विजयी)
  • वडा नम्बर १८ – तिलबहादुर चितौरे, नेपाली कांग्रेस (विजयी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस