Nirvik Khabar

झन फराकिलो अग्रता लिँदै बालेन , स्थापितभन्दा निकै अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह अझ अगाडि देखिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार इन्जिनियर वालेन्द्र साहको अग्रता फराकिलो बन्दै गएको छ ।

साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । साहा अघिअघि रहेका छन् भने स्थापितले उनलाई पछ्याइ रहेका छन् ।

वालेन्द्रले १४ हजार ४ सय ४५ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ८५ सय ५२ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् ।

 

गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ८ सय मत पाएकी छिन् ।

राप्रपाका मदनदास श्रेष्ठले ८ सय ९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस