Nirvik Khabar

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन कांग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब

काठमाडौं । सत्तारुढ प्रमुख ३ दलका शिर्ष नेताहरुले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच सहकारी प्रकरणमा आफैँले लगाएको आरोपको खण्डन गर्न पाउने गृहमन्त्रीको लोकतान्त्रिक अधिकारको अभ्यास गर्नका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने अडान राख्नुभएको हो ।सत्तारुढ दलका शिर्ष नेताहरुले संसदमा गृहमन्त्रीले दिएको आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानविनका लागि काँग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रष्ट्याएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधानमन्त्री लामिछानेले सदन र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल गरिएको बताउनुभयो । लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने अधिकारलाई अभ्यास गर्न दिन नेपाली काँग्रेस चुक्नु नहुने बताउनुभयो ।

नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको जिकिर गर्दै संसदीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको छ । यता, सत्तारुढ दलका शिर्ष नेताहरु दाहाल, ओली र लामिछानेबीच पनि संसदलाई सुचारु गराउने विषयमा केन्द्रिय रहेर निरन्तर छलफल भईरहेको छ । एमाले अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकमा काँग्रेस भोली बोलाइएको संसद बैठकमा पनि उपप्रधानमन्त्री लामिछानेलाई बोल्न नदिने हो भने त्यसको प्रतिकार गरेर अघि बढने चेतावनी पनि दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस