Nirvik Khabar

सिड्नी चक्कु आक्रमण घटना : महिलालाई मात्र लक्षित गरी प्रहार गरेको प्रहरीको दावी

Advertisements
Single Page Long - 2

सिड्नी : अष्ट्रेलियाको प्रहरीले सिड्नीको एक मलमा चक्कु प्रहार गर्ने पुरुषको निशाना महिला नै भएको देखिएको बताएको छ ।४० वर्षीय जोएल काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेर ६ जनालाई मारेका थिए।

यस आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला छन् । यस आक्रमणमा एक बालिका सहित धेरै जना घाइते भएका छन् ।न्यु साउथ वेल्सका प्रहरी आयुक्तले अष्ट्रेलियाली प्रसारक एबीसी न्यूजलाई भने, ‘स्पष्ट रूपमा काउचीले महिलाहरूलाई लक्षित गरेको थिए।’

उक्त हमलामा मृत्यु भएका एकमात्र पुरुष ३० वर्षीय सुरक्षा गार्ड फराज ताहिर हुन् । फराज ताहिरले आक्रमणकारीलाई रोक्न खोजेका थिए।प्रहरी आयुक्तले भने, ‘भिडियोमा सबै कुरा स्पष्ट छ। आक्रमणकारीले महिलाहरूलाई लक्षित गरेका चक्कु प्रहार गरेका थिए र पुरुषहरूलाई छाडिदिएका थिए।’

अधिकारीहरूले आक्रमणपछि आक्रमणकारीको मानसिक स्वास्थ्य पनि यस आक्रमणको कारण हुन सक्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस