Nirvik Khabar

महामन्त्री थापा सामु कार्यकर्ताको गुनासोः निर्वाचनमा गठवन्धन गर्दा मतदातामा निरासा छायो

Advertisements
Single Page Long - 2

चितवन, २१ माघ

सम्बाद यात्रामा रहनु भएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा समक्ष चितवनका काँग्रेस कार्यकर्ताहरुले निर्वाचनमा गठवन्धन गर्दा काग्रेसले आफ्नो मतदाता गुमाउनु परेको गुनासो गरेका छन् । गठवन्धनका कारण काग्रेसले मतदाता मात्रै नभएर जनबिश्वास समेत गुमाउन पुगेको उनीहरुको भनाई थियो ।

नेपाली काङ्ग्रेस चितवनले आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २२ मा आयोजना गरेको सम्बाद कार्यक्रममा बोल्नोहरुले अबको निर्वाचनमा समेत गठवन्धन भए काँग्रेस अझै कम्जोर वन्ने बताएका थिए । नेपाली काङ्ग्रेसमा देखिएको गुटवन्दीका कारण काङ्ग्रेस कम्जोर वन्दै गएको कार्यकर्ताले गुनासो गरेका छन् । समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत संवाद यात्रामा रहनु भएका महामन्त्री थापासंगको सम्बाद कार्यक्रममा बाल्ने अधिकांशले काङ्ग्रेस कम्जोर वन्नुमा आन्तरिक कलह र गुट उपगुट रहेको बताएका हुन ।

काङ्ग्रेस आम जनतामाझ जानुको सट्टा आन्तरिक गुट उपगुटमा लाग्दा नयाँ शक्तिहरु आउन थालेको बताएका हुन । भरतपुर महानगरपालिका वडा नम्बर २२ का बाबुराम कोईरलाले पहिलेको काङ्ग्रेस र अहिलेको काङ्ग्रेसमा व्यापक भिन्नता रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पहिला काङ्ग्रेस हुम भन्दा गर्ब हुन्थ्यो अहिले सरम लाग्ने अबस्था आएको छ ।” सामान्य जनतासंग प्रत्यक्ष रुपमा भेटघाट गर्न समेत काङ्ग्रेसी नेताहरुले नखोज्नु यसको मुख्य कारण रहेको उहाँले बताउनुभयो ।

स्थानीय वन्दना ढुङ्गानाले आन्तरिक गुटवन्धीका कारण पाटी कम्जोर वन्दै गएको बताउनुभयो । आम कार्यकर्ता र जनताको रक्षाका लागि काङ्ग्रेसले काम गर्नुपर्नेमा एउटा सिमित घेरामा रहेर काम गर्दा यो समस्या आएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “निर्वाचनको समयमा आम मतदाताकोमा पुग्ने तर फर्केर गाउँमा नआउने परिपाटीको अन्त्य नभए सम्म काङ्ग्रेसमा सुधार आउन सक्दैन ।” आँफुहरु काङ्ग्रेसको मतदाता भए पनि पहिलाको जस्तो उत्साहा नरहेको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो “पार्टी सत्ता लिप्सामा केन्द्रित हुँदा जनताको बिश्वास गुम्दै गएको आभास भएको छ ।” निर्वाचन पछि सरकार सञ्चालनमा गठवन्धन भए पनि निर्वाचनमा भने गठवन्धन गर्न नहुने स्थानिय शेर वहादुर मगरको भनाई थियो ।

मगरले आँफुहरुले पटक पटक रुख चिन्हमा मतदान गर्न नपाएको गुनासो सुनाउँदै भन्नुभयो “अब हामी काङ्ग्रेसका मतदाता भनेर हिड्न सक्दैनौ ।” काङ्ग्रेसले आम मतदाताको संरक्षण गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । संम्बादका क्रममा बोल्ने कार्यकर्ताले काङ्ग्रेस बिचार र सिद्धान्तमा अडिग भएर बिकास निर्माणका काममा लाग्न नसक्दा कम्जोर बन्दै गएको गुनासो गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतामा आक्रोश, निराशा र छटपटि देखिए पछि आँफुले सम्बाद यात्रा सुरु गरेको बताउनुभयो । जनताका गुनासाहरु सुन्दै त्यसलाई सम्बोधन गर्न कसरी सकिन्छ भन्ने बिषयमा महासमिति बैठकमा छलफल गर्नका लागि समुदायमा काङ्ग्रेस अभियान सुरु गरिएको उहाँले बताउनुभयो । अन्य दलहरुले मिसन २०८४ भनेर लाग्दै गर्दा आँफुहरु भने जिम्मेवार वनेर लाग्नुपर्ने भएकाले काङ्ग्रेसको अभियान अन्तर्गत सम्बाद यात्रा सुरु गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिले जनताका गुनासाहरु सुनेर काङ्ग्रेसले त्यसलाई दस्ताबेजका रुपमा अघि सार्न लागेको छ । जसबाट जनताका समस्याहरु समाधान हुँदै जाने छन् ।” जनतामा छाएको निराशालाई आशामा बदल्नका लागि काङ्ग्रेस बलियो वन्न जरुरी रहेको उहाँले बताउनुभयो । आन्तरिक गुट भन्दा माथि उठेर जनताका माझ काङ्ग्रेस जाने बातावरण वनाउन यो अभियान सार्थक हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. गोबिन्द पोख्रेलले भुई मान्छेका कुराहरु सुनेर काङ्ग्रेसले आफ्नो नीति वनाउन लागेको बताउनुभयो । आफु अभियानका लागि केन्द्रिय प्रतिनिधिका रुपमा चितवन आएर आम जनताको माझमा गएर कुरा सुन्ने काम भईरहेको बताउँदै उहाँले अबको काङ्ग्रेस गरिब, दुखि जनताको सारथी वनाउनका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस