Nirvik Khabar

संविधानमाथि छेडखानी गर्नु राम्रो होइन : शशाङ्क कोइराला

Advertisements
Single Page Long - 2

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य दलहरुको रहेको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको उल्लेख गरे ।“लामो समयदेखिको उपलब्धिमाथि खेलवाड गर्नुहुँदैन”, नेता कोइरालाले भने । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै उनले आन्दोलनबाट हटाइएको एउटा संस्था पुनःस्थापना गर्न कठिन हुने बताए ।

फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको बताए ।मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने उनको भनाइ थियो ।उनले भने, “कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर समिकरणमा परिवर्तन हुँदैन ।” सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाको भनाइ थियो ।“समुदायमा कांग्रेस कार्यक्रम पनि यही अनुसार भइरहेको छ”, उनले भने ।विसं २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस