Nirvik Khabar

चितवनमा कालिका ६ बाट सुरु भयो ‘समुदायमा कांग्रेस’ अभियान

Advertisements
Single Page Long - 2

जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने तथा समुदायसँग अन्तरसंवाद गर्ने उद्देश्यले कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सुरु गरेको छ । शहिद दिवसका दिन आज वडाहरुमा विशेष कार्यक्रमसहित अभियानको प्रारम्भ भएको हो । चितवनमा पनि क्षेत्र नं.२ को कालिका ६ बाट सरसफाई अभियान सहित कार्यक्रम सुरु भएको छ ।

जनताबाट आएका राय–सुझाव कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने योजना अनुरुप अभियान सुरु भएको   राष्ट्रिय  योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोबिन्दराज पोख्रेललेलले जानकारी दिनुभयो ।

May be an image of 15 people, people studying and table

आजबाट सुरु भएको कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले तीन स्थानमा सम्पन्न गरेको छ । कालिका ६ बाट सुरु गरेको अभियान कांग्रेसबाट निर्वाचित , प्रत्यासी तथा निवर्तमान जनप्रतिनिधीहरु संग दिउँसो होटल सिएमटीमा ‘जनप्रतिनिधि संग संवाद’ सम्पन्न गरेको छ भने क्षेत्र नं.२ को ‘नागरिक संवाद’ नारायणी किनारमा सम्पन्न भएको छ ।

समुदाय स्तरमा कांग्रेसले गरेका कामहरु तथा समुदायले दिने सुझाबहरु संकलन गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । उँहाकाअनुसार १७ गते बिहान उद्योग बाणिज्य संघ, उद्योग संघ लगाएतका उद्योगी व्यवसायीहरु संग संवाद ,बिहान ११ः३० बाट क्षेत्र नं.१ मा ‘नागरिक संवाद’ , साँझ ५ बजेबाट सौराहामा होटल तथा पर्यटन व्यवसायीहरुसंग छलफल गरिने छ। चितवनका तीन वटै क्षेत्रमा २६ गते सम्म हरेक दिन फरक फरक कार्यक्रम गर्ने तय गरिएको छ । यो ‘समुदायमा कांग्रेस’ अभियान माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस