काठमाडौँ । जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ ।जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिम दिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।”
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मून स्नीपर’ चन्द्रमामा अवतरण गरेको करिब तीन घण्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो ।
जापानको अन्तरिक्ष यानको मिसनलाई ‘मून स्नीपर’ नाम दिइएको छ । यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलता पूर्णरूपमा पुग्ने पाँचौँ देश बनाएको हो ।मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत् उत्पादन नगरेको बताइएको थियो ।जाक्साले भनेको छ, “हामीले चन्द्रमाको सतहमा अवतरणका क्रममा प्राप्त प्राविधिक र तस्बिरको सङ्कलन प्रसारण शक्ति बन्द हुनुभन्दा पहिले पूरा गर्न सफल भइसकेका छौँ ।”
“धेरै तथ्याङ्क प्राप्त भएको पुष्टि भएपछि हामी राहत महसुस गरिरहेका छौं र उत्साहित हुन थालेका छौं,” जाक्साले भनेको छ ।जाक्साले यस मिसनको नतिजा र स्लिम क्राफ्टको स्थितिको बारेमा यसै हप्ता थप घोषणा गर्ने तयारी गरिरहेको बताएको छ ।“अवतरणपछिको मुद्रा योजनाअनुसार भएन, तर हामी धेरै परिणामहरू प्राप्त गर्न सक्षम हुन सक्छौँ र हामी खुसी छौं कि अवतरण सफल भयो ।”
चन्द्रमामा पहिलो पटक अवतरण गरेको ५० वर्षपछि सरकार र निजी कम्पनीहरूले प्रक्षेपण गरेका थुप्रै नयाँ चन्द्र अभियानहरूमध्ये स्लिम पनि एक हो ।दुर्घटनाग्रस्त अवतरण र सञ्चार विफलताहरू व्याप्त छन् यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् ।


































Discussion about this post