Nirvik Khabar

घरबहाल कर घरबेटीसँग लिन दबाब, साेमवारदेखि कार्यान्वयन गर्ने प्रतिबद्दता

चितवन, मंसिर १५-

चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरुलाई घरवेटीले घरवहाल कर तिर्न तिर्न लगाएको कुरा कसैका सामू पनि छिपेको छैन । अहिलेसम्म घरबहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरुले घरबहाल कर घरवेटीसँग लिनुपर्ने भन्दै दवाव बढाउन थालेका छन् ।

उद्योग वाणिज्य संघ चितवनको वस्तुगत समन्वय समितिका संयोजक तथा तृतिय उपाध्यक्ष शिरिष पन्तको नेतृत्वमा संघमा आवद्ध २० वटा वस्तुगत संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधीहरुले बिहीवार भरतपुर महानगरपालिका राजश्व परामर्श समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर घरवहाल कर घरवेटीसँग लिन दवाव दिएको हो । महानगरपालिकाले व्यवसायीलाई व्यवसाय कर तिर्न जाँदा घरवहाल करसमेत माग्न थालेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन् ।

आम्दानी गर्नेले नै कर तिर्नुपर्ने विश्वव्यापी मान्यता रहेको भन्दै संघका तृतीय उपाध्यक्ष पन्तले महानगरले घरवहाल कर व्यवसायीसँग लिन नहुने बताए । घरवेटीले नै घरवहाल कर तिर्नुपर्ने भन्दै आर्थिक संकटको चेपटामा परेका व्यवसायीलाई थप मार पार्न नहुने उपाध्यक्ष पन्तले बताए । छलफलमा महानगरपालिका राजश्व महाशाखाका कर्मचारीहरुकोसमेत उपस्थिती रहेको थियो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले व्यवसायीहरुले उठाएका विषय जायज भएको भन्दै आगामी सोमवारसम्म यस बारेमा महानगरपालिकाले आफ्नो धारणा स्पष्ट गरेर उत्पन्न समस्याको समाधान गर्ने बताए । घरवेटीहरुले भाडा बढि लिएर व्यवसायीसँग कम भाडा लिएको भन्ने अलग्गै सम्झौता गरेर कर छलि गर्दै आएका छन् ।

‘व्यवसायीहरुले यसैपनि बढि भाडा तिरेका छन्, भाडा तिरेको सत्य कुरा खर्चमा देखाउन पाएका छ्रैनन्, जति तिरेका छन् त्यति खर्चमा देखाउने हो भने आयकर बढि तिर्नुपर्ने थिएन’, वस्तुगत समन्वय समितिका संयोजक पन्तले भने, ‘अहिले देखिएको यो समस्याको दीर्घकालिन समाधान होस्, घरवेटी र व्यवसायीका बीचमा सौहार्दता कायम होस् भन्ने चाहना हाम्रो छ ।’ सो अवसरमा उद्योग बाणिज्य सघंका उपाध्यक्ष पन्त एवम् व्यवसायीहरुले पूर्वी चितवन तथा पश्चिमबाट आउने सवारीलाई नारायणगढ बजारसम्म आउन दिनुपर्ने माग गरे ।

चौविसकोठी–नारायणगढ सडक खण्ड विस्तारको कारण देखाउँदै पूर्वी चितवनबाट आउने सवारीलाई चौविसकोठीबाट नै फर्काउने गरिएको छ । वाइपास रोड भएर बजारसम्म जान दिने अप्सन हुँदा हुँदै महानगरपालिकाले त्यसमा चासो नदिँदा स्थानीय जनता तथा व्यवसायीहरुलाई मार परेको उपाध्यक्ष पन्तले बताए । महानगरपालिका उपप्रमुख अधिकारीले व्यवसायीहरुको मर्का आफूहरुले बुझेको भन्दै यो समस्याको समाधान पनि खोजिने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस