भरतपुर । बोरामा प्याक गरी फालिएको अवस्थामा चितवनको भरतपुर मिलनचोक नजिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुल मुनि दुई शव फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोक नजिक बोरामा प्याक गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिला र एक पुरुषको शब फेला परेको हो । मृतकको उमेर अन्दाजी ३५/४० बर्ष जस्तो देखिन्छ ।
घटनाका विषयमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । शबको पहिचान हुन सकेको छैन । शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने प्रहरी भनाई छ ।
Discussion about this post