Nirvik Khabar

भरतपुरको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा तिहारमा तीन दिनसम्म गौपूजन गरिने

चितवन, कात्तिक २३-

भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको योगी नरहरिनाथ गौं संरक्षण केन्द्रमा तिहारको अवसरमा तीनदिनसम्म सामूहिकरुपमा लक्ष्मी, गाई र गोबर्दन पूजा गरिने भएको छ ।

केन्द्रले आज पत्रकार सम्मेलन गरेर बिगतका वर्षहरुमा जस्तै लक्ष्मी पूजाको अवसरमा यस वर्ष लक्ष्मीको प्रतिकस्वरुप सामूहिकरुपमा गौंपूजा गर्न लागिएको जनाएको हो ।

कार्यक्रम संयोजक नवराज ढकालले जनाएअनुसार तिहारको अवसरमा कात्तिक २६ गते लक्ष्मी पूजा, २७ गते गाई पूजा र २८ गते हुने गोवद्र्धन पूजामा देवघाटका पिठाधिस ज्ञानानन्द सरस्वती महाराजको प्रमुख अतिथि रहने छन् । सोही अवसरमा केन्द्रले सबैलाई गौपूजन कार्यक्रममा उपस्थित हुन पत्रकार सम्मेलनमार्फत् आव्हान गरेको छ । विसं २०४३ सालबाट यस गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण अभियान सुरु गरेर अहिलेसम्म पनि निरन्तरता दिइएको छ । गाई वात्सल्यकी प्रतिमूर्ती र बिना मूल्यको औषधालय भएको केन्द्रले पत्रकार सम्मेलनमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस