Nirvik Khabar

चितवनमा डेँगुबाट १३ सय बढी संक्रमित

निर्भीक खबर
निर्भीक खबर

चितवन, कात्तिक २२-

चितवनमा डेँगुबाट १३ सय बढी नागरिक संक्रमित भएका छन् ।स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार यस आर्थिक वर्षको साउनदेखि अहिलेसम्म एक हजार ३५२ जना मानिसहरु संक्रमित भएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ५०९ जना, खैरहनी नगरपालिकामा १५१ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिकामा १६० जना, राप्ती नगरपालिकामा ६० जना, कालिका नगरपालिकामा १७ जना, इच्छाकामना गाउँपालिकामा ४३ जना, ठेगाना नखुलेको १२६ जना र अन्य जिल्लाबाट २७० जना संक्रमित भएका छन् । बिगत २४ घण्टामा तीन जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी हिजो मंगलबारसम्म एक हजार ३३८ जना संक्रमित भएका थिए ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available