Nirvik Khabar

सर्वोच्चले तारेख थमाइदिएपछि बालेनले लेखे : प्रधानमन्त्रीज्युले छुट पाउनुभयो, म अपराधी भएँ

Advertisements
Single Page Long - 2

काठमाडौँ- आफूलाई सर्वोच्च अदालतले तारेख थमाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित भएका छन्।आइतबार साँझ सामाजिक सञ्जालमा सर्वोच्चबाट जारी तारेखसहितको फोटो राख्दै बालेनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा।’

आफू भने आजबाट आफू अपराधी भएको भन्दै उनले दुःखेको पनि गरेका छन्। भारतीय फिल्म प्रतिबन्ध गर्ने निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएपछि अदालत नै भारतको अधीनमा रहेको बालेनले विवादास्पद अभिव्यक्ति दिएका थिए।

बालेनको उक्त अभिव्यक्तिपछि अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले उनीविरुद्ध मुद्दा दायर गरेका हुन्। सर्वोच्च अदालतले बालेनलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस