Skip to main content

Nirvik Khabar

अडियो काण्डमा परेपछि रास्वपाका सांसद ढाका कुमार श्रेष्ठ निलम्बनमा

Advertisements
Single Page Long - 2

काठमाडौँ– व्यवसायी दुर्गा प्रसार्ईसँग पैसा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् ।सांसद श्रेष्ठले प्रसाईसँग रकम माग गरेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै निलम्बन गरेको हो ।

सांसद श्रेष्ठलाई निलम्बन गरिएको र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।सार्वजनिक भएको अडियो अनुसार सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउनका लागि भन्दै २ कराेड माग गरेका थिए ।

उनी रास्वपाकाे समानुपातिक काेटाबाट सांसद बनेका हुन् । अहिले उनलाई पार्टीले मात्रै निलम्बन गरेकाे छ, थप छानबिनपछि दाेषी ठहर भएमा उनकाे सांसद पद पनि जान सक्छ ।

सांसद श्रेष्ठ यसअघि पनि आफै अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थामा रहेका बचतकर्ता लाखौँ रकम अपचलन गरेको भन्दै विवादमा परेका थिए । यस विवादमा उनीमाथि मुद्दा समेत चलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस