Skip to main content

Nirvik Khabar

सिक्लेस हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

Advertisements
Single Page Long - 2

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर आजदेखि बिक्री खुला गरेको हो ।

कुल सेयरमध्ये ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने जानकारी दिइएको छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले आईपीओमा मेरो सेयर एप र वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको मद्क्यु खोलाको पानीबाट १३ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजना पूर्ण रूपमा उत्पादनसहित सञ्चालन भइरहेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७७\७८ सम्म १० करोड ९५ लाख रुपैयाँ सञ्चित नाफा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८२ पैसा रहेको छ ।

दोस्रो बजारमा कति पाउला मूल्य ?

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसासम्म पाउने देखिन्छ । नेपाल स्टक एक्सचेञ्जले कुनै पनि कम्पनीलाई दोस्रो बजारमा पहिलो कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस