हिन्दू नारीहरूले आज हरितालिका तीज धुमधाका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ ।
विगतमा कोरोना संक्रमणका कारण प्रभावित भएको तीज यसपालि भने धुमधामका साथ मनाइन लागिएको हो । सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
महादेव स्वामी पाउने पार्वतीको इच्छाविपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरूलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ ।
सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन सुरु भएको मान्यता छ । तीजमा नारीहरूले नाचगान गरेर रमाइलो पनि गर्छन् ।


































Discussion about this post