Skip to main content

Nirvik Khabar

सिक्लेसले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने

Advertisements
Single Page Long - 2

काठमाडौं : सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लास्थित मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर निष्कासन गर्दैछ।

यस कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यसको निष्काशन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ५ गते हुने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार आवेदकले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस