Skip to main content

Nirvik Khabar

आज साँझ एक हजार ७०० मेगावाट बिजुली खपत हुने अनुमान

Advertisements
Single Page Long - 2

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाका दिन आइतबार साँझ विद्युतको अधिकतम खपत करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ ।

माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने प्राधिकारणले जनाएको छ। प्राधिकरणका अनुसार यो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण छ। यसले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको बताइएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ, नेपाल संवत्लगायतका पर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन निर्देशन दिएको उनको सचिवालय जनाएको छ ।

यसैबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं देशमा लोडसेडिङ अन्त्य गर्न नेतृत्व गरेका कुलमान घिसिङले विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिका अँध्यारा दिन सम्झना गर्दै त्यो वेला उज्यालोको पर्व तिहारसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस