सुनचाँदीकै मूल्य आज घटेको छ। सोमबार तोलामा १९ सय रुपैयाँ बढेको सुनको भाउ आज १३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९१ हजार ५ सय रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो। यसअघि गएको आइतबार तोलामा २८ सय घटेको सुनको भाउ हिजो तोलामा १९ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको भाउ पनि घटेको छ। तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ५ हजार ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
v


































Discussion about this post