Nirvik Khabar

रास्वपा महाधिवेशन: जेठ २ देखि वडा अधिवेशन, १७ गते पालिकाको पालो

Advertisements
Single Page Long - 2

देशको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको तयारी थालेको छ। वडा र पालिका महाधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ।पहिला संगठन नभएका वडाहरुमा जेठ २ गतेदेखि प्रक्रिया सुरु हुनेछ। त्यो भन्दा अगाडि नै गठन भइसकेका वडा समितिले जेठ १६ मा वडा अधिवेशन गर्नेछन्। बाँकी पालिकाहरुको अधिवेशन जेठ १७ मा गर्ने तय भएको छ।

आइतबार भएको सचिवालय बैठकमा महाधिवेशन तयारीका बारे विस्तृत छलफल गरी मिति तोक्ने काम गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार जेठ २३ र २४ मा जिल्ला अधिवेशन गर्ने मिति तोकिएको हो।प्रदेश र केन्द्रीय महाधिवेशनको मिति भने टुंगो लागेको छैन।

यसअघि रास्वपाले २०८२ फागुनमा महाधिवेशन गर्ने तयारी गरेको थियो। प्रतिनिधिसभाको निर्वाचनका कारण महाधिवेशन प्रक्रिया स्थगित गर्नु परेको थियो। निर्वाचन अगाडि रास्वपाले ४ सय ५२ वडा र ६२ पालिकामा अधिवेशन गरिसकेको छ।रास्वपामा चुनाव अघि बालेन्द्र शाह समूहसहित मिसिएका थिए। पहिलो महाधिवेशनमा उनी पनि सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस