इरानबाट तेल खरिद गरेर उसलाई सहयोग पुर्याइरहेको आरोपमा अमेरिकाले पाँच चिनियाँ कम्पनीलाई लगाएको प्रतिबन्ध चीनले अस्वीकार गरेको छचीनको वाणिज्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार गरिने र चिनियाँ कम्पनी तथा संस्थाले यो लागु गर्न नहुने बताएको हो। विज्ञप्तिमा भनिएको छ, ‘प्रतिबन्धले चिनियाँ कम्पनीहरूलाई अन्य देशसँग सामान्य आर्थिक र व्यापारिक गतिविधि सञ्चालन गर्नबाट रोक्छ र अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको उल्लंघन गर्छ।’
चीनको विदेश मन्त्रालयले थप भनेको छ, ‘चीन सरकार सधैँ एकपक्षीय प्रतिबन्धको विरोध गर्छ, जुन अन्तर्राष्ट्रिय काननु र संयुक्त राष्ट्र संघको अनुमतिमा आधारित हुँदैन।’अमेरिकाले शनिबार मात्र अर्को चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको छ। यद्यपि चिनियाँ वाणिज्य मन्त्रालयको विज्ञप्तिमा कम्पनीको नाम उल्लेख गरिएको छैन।
अमेरिकाले ती चिनियाँ कम्पनीले ‘लाखौँ ब्यारेल’ इरानी कच्चा तेल आयात गरेर इरानका लागि अर्बौं डलर राजस्व दिलाएको आरोप लगाएको छ। अमेरिकाका राष्ट्रपति ट्रम्प यसै महिना चीन भ्रमणमा जाँदै छन्। यहीबिच अमेरिकाले चिनयाँ कम्पनीहरूलाई प्रतिबन्ध घोषणा गरेको हो।


































Discussion about this post