Nirvik Khabar

३ दिनमा ७८ सय घटेको सुनको भाउमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

Advertisements
Single Page Long - 2

विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको भाउ आज व्यापक वृद्धि भएको छ।सुनको भाउ आज तोलामा ३४ सय रुपैयाँ बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सुनको भाउ हिजो तोलामा १८ सय रुपैयाँ घटेर २ लाख ९२ हजार ७०० मा झरेको थियो। त्यसैगरि सुनको भाउ बुधबार तोलाको ३ हजार र मंगलबार पनि तोलामा ३ हजार नै घटेको थियो। तीन दिनमा तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको हो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा १३५ रुपैयाँ बढेर तोलाको ४ हजार ९४५ रुपैयाँ पुगेको छ।गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस