Nirvik Khabar

सुनचाँदीकै मूल्यमा लगातार गिरावट, आज पनि घट्यो

Advertisements
Single Page Long - 2

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। बुधबार र बिहीबार घटेको सुनचाँदीकै मूल्य आज पनि घटेको हो। सुन आज तोलामा २२ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलामा १८ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ७०० मा झरेको थियो। बुधबार पनि तोलामा आठसय रुपैयाँ घटेको थियो।

गएका ३ दिनमा सुनको भाउ तोलामा ४८ सय रुपैयाँ घटेको छ।त्यसअघि गएको मंगलबार सुनको मूल्य तोलामा १६ यस रुपैयाँ बढेको थियो। त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ। हिजो तोलामा ११० रुपैयाँ घटेर चाँदीको भाउ ५ हजार २० रुपैयाँमा झरेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस