आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य तोलामा आठसय रुपैयाँ घटेर ३ लाख ५ सयमा झरेको नेपाल सुनचाँदी व्यजवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलामा १६ यस रुपैयाँ बढेर ३ लाख १ हजार ३०० रुपैयाँ पुगेको थियो।
गएको सोमबार पनि सुनचाँदीकै मूल्य घटेको थियो त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ। हिजो पनि चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

































Discussion about this post