हिजो तोलामा ३६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर छ। चाँदीको भाउ भने आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य दुई लाख ९४ हजार रुपैयाँमै स्थिर रहेको हो। बुधबार तोलामा ७४ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार घटेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।त्यसैगरि आज चाँदीको मूल्य भने बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको चार हजार ८३० रुपैयाँ पुगेको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।


































Discussion about this post