आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको मूल्य आज तोलामा पाँच हजार चारसय रुपैयाँ घटेर तीन लाख दुई हजार तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलामा दुई हजार दुईसय रुपैयाँ घटेर सुनको भाउ तीन लाख सात हजार सातसय रुपैयाँ कायम भएको थियो। हिजो र आज गरेर सुनको भाउ तोलामा सात हजार ६ सय रुपैयाँ घटेको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।चाँदीको मूल्य आज तोलामा १४० रुपैयाँ घटेर पाँच हजार १० रुपैयाँमा झरेको छ। हिजो पनि चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

































Discussion about this post